भारतीय नृत्यांगना शिखा खरे काठमाडौंमा नाच्दै


काठमाडौं : भारतीय चर्चित नृत्यांगना शिखा खरेले आउँदो शुक्रबार काठमाडौंमा नृत्य प्रस्तुत गर्ने भएकी छिन्। जयश्री संगीत समाजको आयोजनामा राजधानीको प्रज्ञा हलमा शास्त्रीय लयका विभिन्न नृत्य हुन लागेको हो।
कार्यक्रममा वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठले संगीत गर्दैछन्। कार्यक्रममा नेपालका विभिन्न परम्परागत वाद्यवाद्यकको प्रस्तुति रहने छ। नृत्य आँगनका नृत्यंगनाले शिखालाई कत्थक नृत्यमा साथ दिँदैछन्।
दुई बर्षअघि जयश्रीको आयोजनामा भारतका वरिष्ठ बासुरीवादक हरिप्रसाद चौरासियाले नेपाली कलाकारहरुसँग मिलेर सांगीतिक प्रस्तुति दिएका थिए।

कत्थक नृत्यंगना शिखा भारतीय टेलिभिजन दुरदर्शनको ए लेभलको कलाकारका रुपमा गनिन्छिन्। शिखा खरे भारतीय विख्यात कत्थक गुरु विर्जु महाराजको शिष्य हुन्।

Network


Nepal Mandala TV
Jayshree Music Society
ArchieSoft Technology